गृहसहित रास्वपाकाे भागमा चार मन्त्रालय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

गृहसहित रास्वपाकाे भागमा चार मन्त्रालय



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहसहित ४ मन्त्रालय पाउने भएको छ । बालुवाटारमा आज बसेको सत्ता गठबन्धको बैठकमा रास्वपालाई उपप्रधानमन्त्री र गृहसहित ४ मन्त्रालय दिने निर्णय भएको हो ।

जसअनुसार रास्वपाले गृह, शिक्षा, श्रम र खेलकुद मन्त्रालय पाउने भएको छ । यस्तै, बैठकमा नेकपा एमालेलाई ८, माओवादी केन्द्रलाई ५, रास्वपालाई ४ र जसपालाई २ मन्त्रालय दिने समझदारी बनेको छ ।

प्रकाशित : २३ फाल्गुन २०८०, बुधबार १४:४२