संसद बैठक फागुन २४ गतेसम्मका लागि स्थगित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

संसद बैठक फागुन २४ गतेसम्मका लागि स्थगित



काठमाडौं । संसद बैठक फागुन २४ गतेसम्मका लागि स्थगित भएको छ । सत्ता समिकरणमा उथलपुथल भएपछि सोमबारको प्रतिनिधि सभा बैठक स्थगित भएको हो।

संसद सचिवालयले सूचना जारी गरी फागुन २४ गते बिहीबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेको छ। प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामा छलफल सुरु गर्ने तयारी थियो।

त्यसका लागि अर्थमन्त्रीसहित सरकारका मन्त्रीको पनि उपस्थिति हुनुपर्छ । तर मन्त्रिपरिषद नै पुनर्गठन गर्न लागिएकाले संसद बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

प्रकाशित : 4 March, 2024 12:24 pm