राष्ट्रिय सभाका २० सदस्यको पदावधि सकिँदै, नयाँ निर्वाचितको शपथ साेमबार मात्रै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

राष्ट्रिय सभाका २० सदस्यको पदावधि सकिँदै, नयाँ निर्वाचितको शपथ साेमबार मात्रै



काठमाडौं । आजबाट राष्ट्रिय सभाका २० सांसदको पदावधि सकिँदैछ । एक मनोनीतसहित राष्ट्रिय सभाका २० सांसदको पदावधि आजबाट सकिन लागेको हो ।

आजबाट बाहिरिने २० सांसदको ठाउँमा १९ जना निर्वाचित भइसकेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने १ जनाको पूर्ति भने हुन बाँकी छ ।

पदावधि सकिनेमा नेकपा एमालेका ८, नेपाली कांग्रेसका ४, नेकपा माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २ र जसपा, मनोनीत र स्वतन्त्र १(१ जना रहेका छन् । जसमा एमालेबाट राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित इन्दु कडरिया, कुमार दसौंदी, दीपा गुरुङ, दिलकुमारी रावल ९पार्वती०, नरपति लुवार, भैरवसुन्दर श्रेष्ठ र रामचन्द्र राई राष्ट्रिय सभाबाट विदा हुँदैछन् ।

यस्तै, नेपाली कांग्रेसका रमेशजंग रायमाझी, जितेन्द्रनारायण देव, अनिता देवकोटा र प्रकाश पन्थको तथा माओवादीका विना पोखरेल, हरिराम चौधरी र महेशकुमार महरा बिदाइ हुँदैछन् । समाजवादीका नन्दा चापागाईं र सिंगबहादुर विश्वकर्मा, जसपाकी प्रमिला देवी, राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्याल र स्वतन्त्र सांसद खिमलाल देवकोटाको पनि आजै पदावधि सकिँदैछ ।

आज कार्यकाल सकिएकाहरुको बिदाइ र नवनिर्वाचित सदस्यहरुको स्वागत हुँदैछ । निर्वाचित सांसदहरुले सोमबार शपथग्रहण गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित : २० फाल्गुन २०८०, आईतवार १२:४०