राज्यको थुन अनि सुनको नीतिले बैंकिङ क्षेत्र आतंकित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बिशेष

राज्यको थुन अनि सुनको नीतिले बैंकिङ क्षेत्र आतंकित



काठमाडाैं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्रभु बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेसहित १० जनालाई पक्राउ गरेकोमा बैंकर्स संघहरुले आपत्ति जनाएका छन् । बैंकिङ क्षेत्रमा धरपकड एवम् पक्राउले यो क्षेत्र नै चिन्तित र आतंकितत बनेको उनीहरुको भनाइ छ ।

नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त रूपमा विज्ञप्ति निकालेर पहिला सुन अनि थुन को नीति नलिइ राज्यले पहिला थुन अनि सुन को नीति लिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

यसबाट यस क्षेत्रका कर्मचारीहरुको मनोबल समेत खस्कन गएका हुँदा राज्यका सम्बन्धित निकायहरु यस विषयमा गम्भीर भइदिन संघहरुले आग्रह गरेका छन् ।

बैंकहरूले प्रचलित कानून, नियमनकारी निकायबाट जारी निर्देशनहरू र बैंकिङ क्षेत्रको मान्य सिद्धान्तहरूको अधिनमा रहेर काम गरिरहेको पनि बताएका छन् ।

प्रकाशित : १७ फाल्गुन २०८०, बिहीबार ०८:२८