लुयान इलेक्ट्रिक स्कुटरको उपत्यकामा ७ ठाउँमा सर्भिस सेन्टर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

लुयान इलेक्ट्रिक स्कुटरको उपत्यकामा ७ ठाउँमा सर्भिस सेन्टर



काठमाडौं । लुयान ब्राण्डको इलेक्ट्रिक स्कुटरको सर्भिस सेन्टर काठमाण्डौं, भक्तपुर र ललितपुरमा ७ ठाउँमा सँचालनमा आएको छ । चीनमा आजभन्दा करिब २७ बर्ष पहिले लुयान ब्राण्डले इलेक्ट्रिक स्कुटर उत्पादन शुरु गरेको हो ।

नेपालमा जीरो इमिसन राइड एनले लुयानको स्कुटर बेच्न थालेको पनि ५ बर्ष भएको छ । यो समयअवधिमा नेपालमा लुयानले सयौं इलेक्ट्रिक स्कुटरहरु बेचिसकेको छ । जसका लागि आवश्यक स्पेयर पार्ट्स सँगसँगै सर्भिस सेन्टरको पनि राम्रो व्यवस्था गरेको छ । काठमाण्डौं उपत्यका बाहेकका अन्य प्रमुख शहरहरुमा पनि लुयानको सर्भिस सेन्टर सहितका शोरुमहरु सँचालनमा रहेका छन् ।

सवारीसाधनमा बिक्रिपछिको सेवा महत्वपुर्ण हुने हुनाले यस्तो व्यवस्था मिलाइएको जीरो इमिसनका निर्देशक दुर्वास नगरकोटीले बताएका छन् । उनका अनुसार काठमाण्डौं उपत्यकाका ७ वटै सर्भिस सेन्टर मध्ये ग्राहकहरुले आफुलाई पायक पर्ने सर्भिस सेन्टरबाट स्कुटरको सर्भिस तथा मर्मतको सेवा लिन सक्नेछन् ।

निर्देशक नगरकोटीका अनुसार ती सात वटै सर्भिस सेन्टरमा चार्जिङ्ग सुविधा पनि रहेकाले आवश्यक परेको खण्डमा ग्राहकहरुले आफ्ना स्कुटरहरु चार्ज समेत गर्न सक्नेछन् । हाल नेपालमा खुलेका विभिन्न इलेक्ट्रिक स्कुटरको ब्राण्डहरुमध्ये लुयान धेरैले रुचाइएको ब्राण्ड बन्न सफल भएको छ ।

प्रकाशित : १६ फाल्गुन २०८०, बुधबार १४:३८