सडकबाट बैंकका बिषयमा धेरै कुरा भए, बैंकहरुले असुरक्षित महशुस गरेका छन् : अध्यक्ष केसी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सडकबाट बैंकका बिषयमा धेरै कुरा भए, बैंकहरुले असुरक्षित महशुस गरेका छन् : अध्यक्ष केसी



काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले पछिल्लो समय सडकबाट बैंकका बिषयमा धेरै कुरा भएकाले बैंकहरुले असुरक्षित महशुस गरेको बताएका छन् । सोमबार नेपाल बैंकर्स संघले आयोजना गरेको ‘नेपालको बैंकिङ प्रणालीको पछिल्लो अवस्था’विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् ।

केही समययता बैंकको बारेमा नकारात्मक टिप्पणी भइरहेको बताउदै उनले भने, ‘बैंकको ऋण तिर्दिन भनेर सडक आन्दोलन भएको छ । त्यसको असर बैंक तथा वित्तिय क्षेत्रमा परेको छ । तर यसरी आन्दोलन भइरहँदा पनि सरकारले सहयोग भने गरेको छैन ।’

त्यस्तै, उनले पछिल्लो समय बैंकहरुको ब्याजदर घट्दै गएको बताए । ब्याजदर घट्दै गएपछि बैंकहरको आधार दर पनि घट्दो क्रममा रहेको अध्यक्ष केसीले बताए । ब्याजदर घट्दै गएपनि कर्जा लगानी विस्तार भने सुस्त रहेको उनको भनाई छ ।

उनले भने, ‘अहिले कर्जा प्रवाह सोचे जस्तो भएको छैन । गत वर्ष ३ प्रतिशत रहेकोमा अहिले ४ प्रतिशत छ । तर, सोचेजति भएन । ‘

प्रकाशित : १४ फाल्गुन २०८०, सोमबार १६:३९