ईकमर्स प्लेटफर्म ‘मोलतोल डटकम’को सेवा सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ईकमर्स प्लेटफर्म ‘मोलतोल डटकम’को सेवा सुरु



काठमाडौं । ईकमर्स प्लेटफर्म ‘मोलतोल डटकमले नेपालमा औपचारिक रुपमा सेवा दिने तयारी थालेको छ । भरोसा नेटवर्क कम्पनीमार्फत संचालनमा आएको मोलतोलले साना भन्दा साना व्यावसायीलाई समेटेर इकमर्स मार्केट सुरु गर्न लागेको हो ।

अमेरिकामा रहेका गौरव मानन्धर, निरज मानन्धर र नेपालका युवा उद्यमी भुलन लाखेले सन् २०१६ मै स्थापना गरेको मोलतोल यही मार्च १ तारिखबाट औपचारिक रुपमा व्यवसायिक सेवा दिन लागेको संचालक भुलन लाखेले जानकारी दिए ।

‘विजनेस टु विजनेस, विजनेस टु कस्टमर अभियानमार्फत गुणस्तरीय सेवा दिने हाम्रो लक्ष्य हो । सबै प्रक्रिया पुगेको खण्डमा २४ घन्टाभित्र भुक्तानी पनि दिनसक्छौं,’ संचालक लाखेले भने,‘ईकमर्स मार्केटमा हामी फरक बन्ने प्रयासमा छौं । साना–ठूला सबै व्यवसायीहरुका निम्ती सहजीकरण गरेर गुणस्तरीय सेवा दिनका लागि आएका छौं,’ उनले भने ।

अनलाइन मार्केटको विश्वव्यापी प्रभावलाई बुझेर नै जापानबाट फर्किएर नेपाल आएर मोलतोलमा आबद्ध भएको सुनाउँदै मोलतोलका कार्यकारी प्रमुख प्रितेश शाक्यले भने,‘हामीले कसैलाई प्रतिस्पर्धी ठानेका छैनौं । डिजीटलको दुनियाँमा असम्भव केही छैन् । सानो टीम बनाएर बजारमा आएका छौं ।’

नेपालका मौलिक एवम रैथाने उत्पादनको बजारीकरण, साना–ठूला व्यापारीहरुका लागि सहजीकरण र छिटो छरितो सबैखाले बस्तुहरुको शुभल मूल्यमा अनलाइन सेवा दिनेगरी ईकमर्स प्लेटफर्म स्थापना गरी काठमाडौं उपत्यकाबाट सेवा शुरु गरिएको पनि शाक्यले जानकारी दिए । मोलतोलले दैनिक उपभोग्य बस्तुलगायत सबैखाले सेवा दिनेछ । अनलाइनमार्फत आर्थिक कारोबार गर्ने जनाएको छ ।

प्रकाशित : १३ फाल्गुन २०८०, आईतवार १८:४६