पहिलो पटक ख्वपमा भयो विजनेश आइडिया प्रोमोशन कक्पिटिशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

पहिलो पटक ख्वपमा भयो विजनेश आइडिया प्रोमोशन कक्पिटिशन



भक्तपुर । विद्यार्थीहरूमा उद्यमशीलताको विकास गर्ने अभिप्रायका साथ भक्तपुरमा बिहीबार विजनेश आइडिया प्रोमोशन कक्पिटिशन (व्यवसाय विचार प्रबद्र्धन प्रतियोगिता) भएको छ । ख्वप कलेज देकोचा भक्तपुरको आयोजनामा भएको प्रतियोगितामा उत्कृष्टलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने आयोजक कलेजले जनाएको छ ।

ख्वप माविको २४ औ, ख्वप कलेजको २२ औं, शारदा क्याम्पस माविको ३३ औ र ख्वप कलेज अफ लको प्रथम वार्षिक उत्सवको अवसरमा क्रममा प्रतियोगिता पनि भएको हो । प्रतियोगितामा कलेजमा व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरु प्रतिस्पर्धीका रुपमा रहेका छन् । उनीहरुले यसका लागि ४० भन्दा वढी विभिन्न स्टलहरु राखेका छन् ।

आयोजक कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले राखिएका स्टलहरुको मूल्यांकन गरिने जनाए । यसका लागि बाहिरबाट विज्ञहरुले मूल्यांकनको व्यवस्था रहेको जानकारी गराए । साथै अवलोकनकर्ताहरुबाट उत्कृष्ट लाग्ने ३ वटा उद्यमशील स्टललाई आफ्नो मत प्रदान गर्ने अवसरसमेत प्रदान गरिएको उनले जनाए । विद्यार्थीलाई अव पढाईसँंगसँंगै व्यवसाय पनि गर्न सिकाउने उद्देश्यले पहिलो पटक यो कार्यक्रम गर्दै आएका हौं, उनले भने, यसअघि प्रत्येक वर्ष जस्तै शैक्षिक प्रदर्शनी पनि यो क्रममा छ । कलेज स्थापनाकालदेखि नै प्रत्येक वर्ष वार्षिक उत्सवको क्रममा शैक्षिक प्रदर्शनी हुँंदै आएको र यो वर्ष पहिलो पटक प्रतियोगिताको पनि आयोजना गरेको उनले जनाए ।

प्रतिस्पर्धीहरुको छनौट गरी पहिलोलाई १५ हजार नगदसहित पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्ने जनाइयो । साथै दोश्रोलाई १० हजार र तेश्रोलाई पाँंच हजार नगदसहित प्रमाणपत्र प्रदान गरिने जनाइयो । उनीहरुलाई कलेजको वार्षिकोत्सव समापन समारोहमा पुरस्कार प्रदान गरिने जनाइयो । तीनदिने वार्षिकोत्सव शुक्रबार सकिने छ ।

प्रकाशित : ११ फाल्गुन २०८०, शुक्रबार १०:२७