नेप्सेमा सामान्य गिरावट, तीन अर्ब ११ करोडकाे काराेबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा सामान्य गिरावट, तीन अर्ब ११ करोडकाे काराेबार



काठमाडौं । मंगलबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आज बजार १.७६ अंक घटेर २०३३.०६ विन्दुमा रोकिएको हो। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ०.८८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३० अंक घटेको छ।

आज ३१४ कम्पनीको तीन अर्ब ११ करोड ३५ लाख रुपैयाँ बराबरको ९३ लाख ४२ हजार कित्ता सेयर किनबेच भएको छ। नेप्से घटेपनि आज बोटलर्स नेपाल (बालाजु) र समाज लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, आज ग्रीनलाइफ हाइड्रोपावरको सेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा आज पनि हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज ३१ करोड ७३ लाख ७० हजारभन्दा बढीको सेयर खरिदबिक्री भएको छ।

प्रकाशित : ८ फाल्गुन २०८०, मंगलवार १५:२२