नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार दुई इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । एशियन लाइफ र हिमालयन रि इन्स्योरेन्सको बोनसपछि मूल्य समायोजन भएको हो ।

नेप्सले एशियन लाइफ इन्स्योरेन्सको ७.७५ प्रतिशत बोनस समायोजनपछि प्रतिकित्ता मूल्य ६१६ रुपैयाँ ५० पैसा तोकेको छ। आइतबार कारोबार भएको अन्तिम मूल्य ६६४ रुपैयाँ ६० पैसालाई आधार मानेर नेप्सेले कम्पनीको बोनसमा सेयर मूल्य समायोजन गरेको हो ।

यसैगरी हिमालयन रि इन्स्योरेन्सको ४ प्रतिशत बोनस समायोजनपछि प्रतिकित्ता मूल्य ६२० रुपैयाँ २९ पैसा तोकेको छ । आइतबार कारोबार भएको अन्तिम मूल्य ६४५ रुपैयाँ १० पैसालाई आधार मानेर नेप्सेले कम्पनीको बोनसमा सेयर मूल्य समायोजन गरेको हो ।

यससँगै अब सोमबार दुबै इन्स्योरेन्स कम्पनीको सेयर धितोपत्रको दोस्रो बजारमा आइतबार समायोजन भएको मूल्यलाई आधार मानेर खुल्नेछ । सोमबारपछि सेयर किन्नेले लाभांश र कम्पनीको आगामी साधारण सभामा सहभागिता जनाउन पाउने छैनन् ।

प्रकाशित : ६ फाल्गुन २०८०, आईतवार १६:२५