नेप्से परिसूचक २७.२१ अंकले घट्याे, काराेबार रकममा पनि गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से परिसूचक २७.२१ अंकले घट्याे, काराेबार रकममा पनि गिरावट



काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ओरालो लागेको छ । आज बजार २७.२१ अंक घटेर २०३४.८२ विन्दुमा रोकिएको हो। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ३.३५ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०२ अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। आज ३१५ कम्पनीको तीन अर्ब ७७ करोड ५४ लाख रुपैयाँ बराबरको एक करोड सात लाख कित्ता सेयर खरिदबिक्री भएको छ। गत बिहीबार तीन अर्ब ८६ करोडको सेयर कारोबार भएको थियो ।

आज नेप्सेमा बोटलर्स नेपाल (बालाजु) र समाज लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, कारोबारमा आएको सामलिङ्ग पावर कम्पनीको सेयरमूल्य भने आज सर्वाधिक घटेको छ।

कारोबार रकमका आधारमा आज पनि हिमालयन रि इन्स्योरेन्स नै शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज ४० करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

प्रकाशित : ६ फाल्गुन २०८०, आईतवार १५:३२