काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहिवार राति १२ बजेदेखि लागु हुने गरी मूल्य बढाउने निर्णय गरेको हो ।
निगमका अनुुसार पेट्रोल तथा डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले बढेको हो । खाना पकाउने एलपि ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ ।
Comment