सिजी मोटर्सलद्वारा   ५५ लाखको जीएसी एवोन वाई सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

सिजी मोटर्सलद्वारा   ५५ लाखको जीएसी एवोन वाई सार्वजनिक



काठमाडौं। सिजी मोटर्सले जीएसी एवोन वाई मोडल नेपाली बजारमा सार्वजनिक गरेको छ। थापाथलीस्थित सोरुममा कम्पनीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले गाडी सार्वजनिक गरे। 

नेपाली बजारमा आक्रामक रुपमा अटोमोबाइल्स क्षेत्रमा हात हालेको सिजी मोटर्सले नेपालमा रहेका अन्य इभी गाडीसँग प्रतिस्पर्धा गर्न चिनियाँ ग्लोबल ब्रान्ड भित्र्याएको हो।

गाडी सार्वजनिक गर्दै चौधरीले नेपालमा इभीमैत्री वातावरण हुँदै गएकाले विश्वव्यापी रुपमा नेपाल इभी गाडी बढी गुड्नेमा पर्न सक्ने बताए। ‘जिएसी आफैंमा ग्लोबल ब्रान्ड भएकाले ग्राहकलाई यसप्रति पूर्ण विश्वास छ। ग्राहकलाई ब्रान्ड र फिचर्स थाहा भएकाले नेपालमा यो चाँडै स्थापित हुनेछ’, उनले भने।

जीएसी एवोन वाई मोडलमा ६१.५ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्री दिइएको छ। एनइडीसीका अनुसार उक्त ब्याट्रीले सिंगल चार्जमा ४९० किलोमिटर रेन्ज दिनेछ।

चिनियाँ ब्रान्ड ग्वान्झाओ अटोमोबाइल कर्पोरेसनको सहायक ब्रान्ड एवोनको पहिलो मोडलको रुपमा यसलाई सिजीले नेपाली बजारमा बिक्री सुरु गर्न लागेको हो।

एवोन वाईको लम्बाइ ४५३५ एमएम, चौडाइ १८७० एमएम र उचाइ १६५० एमएम छ। यसमा २७५० एमएम लामो ह्वीलवेस रहेको छ। 

कम्पनीले यसमा १०० किलोवाट पिकपावर क्षमताको इलेक्ट्रिक मोटर दिएको छ भने पिकटर्क २२५ एनएम रहेको छ। यसलाई कम्पनीले नेपाली बजारमा ५४ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर बिक्री सुरु गर्न लागेको हो। यसअघि चिनियाँ न्यू इयर अवसर पारेर सोमबार कारलाई डिप्लोम्याट लञ्च गरिएको थियो। 

एवोन वाईमा किलेस इन्ट्री, आइप्याडल, १०.२५ इन्चको इन्ट्रुमेन्ट क्लस्टर, १४.६ इन्चको विशाल टचस्क्रिन, ६ स्पिकर, पीएम २.५ एयर फिल्टरजस्ता फिचर उपलब्ध छन्। 

सुरक्षाका लागि डेढ दर्जन फिचर समाबेस भएको एवोन वाईमा टायर प्रेसर मोनिटर, एबीएस, इएसपी, ब्रेकिङ इमर्जेन्सी रिकभर सिस्टम, ६ वटा एयरब्याग, अटो होल्ड, क्रुज कन्ट्रोल, रियर पार्किङ सेन्सर र ३६० डिग्री क्यामेरा पाउन सकिन्छ।

प्रकाशित : १ फाल्गुन २०८०, मंगलवार १८:४९