बज्र ग्रुपको भ्यालेन्टाइन स्किम सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

बज्र ग्रुपको भ्यालेन्टाइन स्किम सार्वजनिक



काठमाडौं । नेपाली बजारमा बज्र ग्रुपले सेनेटरिका आइटम, बाथरुम फिटिंग, अपार्टमेन्ट, मास्क, अटोमोबाइल जस्ता क्षेत्रमा व्यापार गर्दै आएको छ । हालै पनि बज्र ग्रुपको अटोमोबाइल अन्तर्गत इ भी नेपाल मोटर्स प्रा.लिले भ्यालेन्टाइन स्किम लागु गरेको छ ।

जसमा वुलिंग कार किन्दा सुनको हार र लेभ्निंग स्कुटर किन्दा ग्राहकले हिराको औठी उपहार पाउने छन । यो स्किम निश्चित समयको लागि लागु गरिएको छ ।

वुलिंग गाडी २०० कि मि र ३०० किमी मा उपलब्ध छ भने कार किन्नको लागि नक्साल, भैसेपाटी शोरुम जान सकिने छ र गाडीमा आठ बर्षको वारेन्टी पाउन पनि सकिने कम्पनीले जनाएको छ । साथै यसका लागि फाइनान्स र एक्सचेन्जको सुबिधा पनि उपलब्ध रहेको छ ।

स्कुटर किन्न नेपालभरिको मुख्य मुख्य सहरमा उपलब्ध छ । लेभ्निंग स्कुटर १२ ओटा फरक मोडेलमा उपलब्ध छ । जसमा कलेजको बिधार्थीदेखि अफिसको हाकिम र कृषक तथा अपांग सबैलाई हुने खालको प्रोडक्टमा उपलब्ध छ ।

लेभ्लिंगइ स्कुटरको मूल्य एक लाख १५ हजारदेखि सुरु छ । स्कुटरमा दुई बर्सको वारेन्टी साथै फाइनान्स र एक्सचेन्ज पनि उपलब्ध कम्पनीले जनाएकाे छ।

प्रकाशित : १ फाल्गुन २०८०, मंगलवार १३:१८