हिटाकर्मी पोखरेललाई अर्थ मन्त्रालयमा दुर्व्यवहार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

अर्थ राजनीति

हिटाकर्मी पोखरेललाई अर्थ मन्त्रालयमा दुर्व्यवहार



काठमाडौं । हिमालय टाइम्सका लेखनाथ पोखरेलमाथि अर्थ मन्त्रायलमा दुर्व्यवहार भएको छ । सोमबार मन्त्रालयमा आयोजित चालु आर्थिक वर्ष २०८०÷८१ को बजेटको अर्धवार्षिक समिक्षा कार्यक्रमको रिपोटिङका लागि अर्थ मन्त्रालयको कार्यक्रम हलभित्र प्रवेश गर्ने क्रममा अर्थमन्त्रीका पिएसओले पोखरेलमाथि दुव्र्यवहार गरेका हुन् । पिसएसोले उनी हलभित्र प्रवेश गर्न लाग्दा‘तपाइ के का लागि आउनुभएको ? भन्दै सोधीखोजी गरेका थिए ।

आफू कार्यक्रमा आएको बताउँदा उनले ‘क्यामेरा खोइ त ? मोबाइलले फोटो खिच्न पाइदैन’ भन्दै बाहिरै बस्न भने । फोटो खिच्न नभइ न्यूज रिपोर्टिङका लागि आएको बताउँदा पनि उनले भित्र छिर्न दिएनन् । उनले आइडी कार्ड मागे, पोखरेलले सूचना विभागको आइडी कार्ड देखाए ।

फेरि पनि उनले निहुँ खोज्दै ‘भिर्ने कार्ड खोइ त ?’ भन्दै बाहिरै बस्न आदेश दिए । एकजना विशुद्ध श्रमजीविलाई आफ्नो पेशागत कर्तव्य पालनका क्रममा ती पिएसओले फौजदारी अभियुक्तलाई जस्तो दूव्र्यवहार, दुरुत्साहन, मानसिक टर्चर दिएको मैले महशुस गरेको छु ।

प्रकाशित : १ फाल्गुन २०८०, मंगलवार ११:१३