अप्पर तामाकोशी हाइड्रोपावरको लिलामी सेयरको बाँडफाँट मिति तय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

अप्पर तामाकोशी हाइड्रोपावरको लिलामी सेयरको बाँडफाँट मिति तय



काठमाडौं । अप्पर तामाकोशी हाइड्रोपावरको लिलामी सेयरको बाँडफाँट मिति तय भएको छ । कम्पनीको नबिकेको हकप्रद सेयरको लिलामी सेयरको बाँडफाँट माघ १५ गते गरिने भएको हो ।

बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार सोमबार नै कम्पनीको लिलामी सेयर बाँडफाँट गर्ने तयारी छ । कम्पनीले एक करोड ७० लाख १९ हजार ३० कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा ल्याएको थियो ।

कम्पनीले भदौ १८ गतेदेखि असोज २२ गतेसम्म निष्कासन गरेको हकप्रदमा बिक्री हुन नसकेको सेयर लिलामीमा ल्याएको हो। कम्पनीले उक्त हकप्रद लिलामी प्रक्रियाबाट बिक्री गर्न खुला गरेको थियो । कम्पनीको लिलामी सेयरको अनुमानित कटअफ प्राइस एक सय ४६ रुपैयाँ छ।

प्रकाशित : १४ माघ २०८०, आईतवार १७:२३