माउन्टेन ग्लोरीले ४० लाख कित्ता साधारण सेयर निष्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

माउन्टेन ग्लोरीले ४० लाख कित्ता साधारण सेयर निष्काशन गर्ने



काठमाडौं । माउन्टेन ग्लोरी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । माउन्टेन ग्लोरीले सर्वसाधारणहरुको लागि एक सय अकिंत दरको ४० लाख कित्ता साधारण सेयर निष्काशन गर्ने भएको हो ।

कम्पनीले यस कार्यका लागि बिक्री प्रबन्धकको रुपमा लक्ष्मी सनराइज (एलएस) क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । साधारण सेयर निष्कासन कार्यको लागि कम्पनीको तर्फबाट अध्यक्ष शुनिल भक्त श्रेष्ठ तथा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठकाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

एसियन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको ४० प्रतिशत लगानी रहेको उक्त रिसोर्टले ४० करोड रुपैयाँको सेयर निकट भविष्यमा निष्कासन गर्ने योजना बनाएको हो । सेयर निष्कासन पश्चात रिसोर्टका कोठाहरु थप गरी विदेशी होटलसँग अनुबन्धन गरे पश्चात पाँच तारे होटलको रुपमा सेवा उपलब्ध गराउने योजना कम्पनीको छ ।

हाल यसको जारी पुँजी एक अर्ब ५० करोड रुपैयाँ रहेको छ । माउन्टेन ग्लोरीले पोखराको दोभिल्ला स्थीत करिब ७० रोपनी क्षेत्रफलमा फैलिएको छ ।

प्रकाशित : १४ माघ २०८०, आईतवार १३:३३