धरहरा पार्किङ भवनको पहिलो तलामा आजदेखि निःशुल्क पार्किङ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

धरहरा पार्किङ भवनको पहिलो तलामा आजदेखि निःशुल्क पार्किङ



काठमाडौं । धरहरासँगै पार्किङ भवनको पहिलो तलामा आजदेखि सवारी साधन पार्किङ खुला भएको छ । काठमाडौँ महानगरपालिकाले न्यूरोडमा पार्किङ निषेध गरेपछि त्यस क्षेत्रमा पार्किङ सहज बनाउन धरहरासँगैको भवन खुला गरेको हो ।

धरहराको पार्किङ भवनमा ५० हजार वर्गफिट क्षेत्र निस्शुल्क पार्किङ उपलब्ध हुने महानगरले जनाएको छ । शहीद गेटबाट न्यूरोड जाँदा बाँयापट्टि काठमाडौँ मलबाट खिचापोखरीतर्फ जाँदा पार्किङ गर्ने ठाउँमा पुगिन्छ ।

गएको दशैंदेखि छठ पर्वसम्मको अवधिमा यस ठाउँमा वडा कार्यालयले साझेदार र स्थानीय क्लबहरुसँगको सहकार्यमा निःशुल्क पार्किङ सेवा दिएको थियो। संरचनागत रुपमा यो ठाउँ नेपालकै ठूलो पार्किङ संरचना भएको महानगरपालिकाले जनाएको छ ।

प्रकाशित : १४ माघ २०८०, आईतवार ११:३४