गोर्खाज फाइनान्सले दोस्रो त्रैमासमा गर्यो १२ करोड १६ लाख खुद नाफा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

गोर्खाज फाइनान्सले दोस्रो त्रैमासमा गर्यो १२ करोड १६ लाख खुद नाफा



काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा गोर्खाज फाइनान्सको खुद नाफा ८१.०८ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको छ महिनामा कम्पनीले १२ करोड १६ लाख खुद नाफा कमाएको हो ।

अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा छ करोड ७१ लाख थियो ।यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ५.४७ प्रतिशतले बढेर १८ करोड ३० लाख पुगेको छ।

यस अवधिमा कम्पनीको संचालन आम्दानी २७.३३ प्रतिशतले बढेर २३ करोड ९६ लाख पुगेको छ । कम्पनीको संचालन मुनाफा ६३.६४ प्रतिशतले बढेर १९ करोड ७६ लाख पुगेको छ । नेट फि तथा कमिशन आम्दानी भने ९१.२० प्रतिशतले बढेर दुई करोड २० लाख पुगेको छ । कम्पनीको खुद ब्याज आम्दानी र नेट फि तथा कमिशन आम्दानी बढेपछि कम्पनीको खुद नाफा पनि बढेको हो।

यस अवधिमा कम्पनीको खराब कर्जा भने ६.७६ प्रतिशतबाट बढेर १३.७३ प्रतिशत पुगेको छ । कम्पनीको प्रति सेियर आम्दानी २८.०२ रुपैयाँ रहेको छ । ८६ करोड ७९ लाख चुक्ता पुंजी रहेको कम्पनीको रिजर्भमा एक अर्ब दुई करोड रहेको छ ।

प्रकाशित : ८ माघ २०८०, सोमबार १६:१६