अप्रिलियाको एसआर १६० बिएस–६ भर्जनको राइड सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

अप्रिलियाको एसआर १६० बिएस–६ भर्जनको राइड सम्पन्न



काठमाडौं । अप्रिलियाको एसआर १६० बिएस–६ भर्जनको राइड पौष २८ गते सम्पन्न भएको छ । अप्रिलियाको लागि नेपालको आधिकारिक बिक्रेता डेल्टा अटोकर्प प्रालिले शनिबार राइड आयोजना गरेको हो ।

अप्रिलियाको टेकु सोरुमबाट पर्यटकीय क्षेत्र नगरकोटसम्म राइड आयोजना भएको थियो । राइडमा युवाहरुको आकर्षण देखिएको कम्पनिका निर्देशक एवं सीईओ विजय महतोले जानकारी गराए ।

ग्राहकलाई एकै ठाउँमा जोडेर आत्मीयता बढाउन राइड आयोजना गरिएको उनले बताए । राइडमा सहभागी हुन पाउँदा खुसी लागेको राइडरहरुले बताए । आफूलाई अप्रिलिया स्कुटर निकै मनपर्ने र फिचर्स राम्रो रहेको राइडमा सहभागी राइडरहरुले बताए ।

राइडमा सहभागीहरुबीच विभिन्न मनोरञ्जनात्मक खेल गतिविधि तथा प्रतियोगिताहरु आयोजना गरिएको कम्पनीका मार्केटिङ म्यानेजरले जानकारी दिए । अप्रिलिया प्रिमियम प्रडक्ट हो । अप्रिलिया ब्राण्डलाई थप परिचित गराउन पनि राइडको आयोजना गरिएको उनले बताए।

प्रकाशित : ५ माघ २०८०, शुक्रबार १७:४६