कुन बीमा कम्पनीले कति दिँदै छन् लाभांश ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

कुन बीमा कम्पनीले कति दिँदै छन् लाभांश ?



काठमाडौं । बीमा कम्पनीहरुले लाभांश घोषणा सुरु गर्न थालेका छन् । हालसम्म नौ बीमा कम्पनीले मात्रै लाभांश सम्बन्धि निर्णय गरेका छन् ।

लाभांश घोषणा गरेको कम्पनीहरुमध्ये चार कम्पनीबाहेक सबै कम्पनीले लाभांश दिने भएको छ । नौ कम्पनीमध्ये नेपाल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ, सिटिजन लाइफ र हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले लाभांश वितरण गर्ने भएको छ ।

त्यस्तै, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, हिमालयन लाइफ, नेको इन्स्योरेन्स र सानिमा रिलायन्स लाइफले भने यो बर्ष लाभांश वितरण नगर्ने भएको छ।

लाभांस नदिने कम्पनीहरू

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले पनि आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट अफ्ना शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ ।

हिमालयन लाइफ इन्स्योरेन्सले लाभांस वितरण नगर्ने भएको छ । कम्पनीले अघिल्लो आवको सञ्चित मुनाफा सेयरधनीहरुलाई वितरण नगरि रिजर्भमा राख्ने बताएको छ ।

त्यस्तै, नेको इन्स्योरेन्सले पनि गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई प्रतिफल नबाँड्ने निर्णय गरेको छ । कम्पनीले यसवर्ष लाभांश वितरण नगरी बार्षिक माघ १२ गते साधारणसभा आह्वान गरेको हो । कम्पनीको २८ औं बार्षिक साधारण सभा लिसारा रिसेप्सन नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सानिमा रिलायन्स लाइफले पनि अघिल्लो आवको मुनाफाबाट लाभांश नबाँड्ने निर्णय गरेको छ ।

यी हुन् लाभांस दिने कम्पनीहरू

एनएलजी इन्स्योरेन्सले ५.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२८९४७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ। नेपाल इन्स्योरेन्स कम्पनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। लाभांश प्रस्ताव गर्ने कम्पनीमध्ये नेपाल इन्स्योरेन्सले भने वार्षिक साधारण सभाबाटै प्रस्ताव पारित गरिसकेको छ ।

यस्तै , हिमालयन एभरेष्ट इन्स्योरेन्सले १५ प्रतिशत लाभांश बाँड्ने भएको छ । कम्पनीले ८.६३ प्रतिशत बोनस र ६.३७ प्रतिशत बाड्दैछ । रिलायबल नेपाल लाइफले १६ प्रतिशत बोनस सेयर र ०.८४ प्रतिशत नगद लाभांश बाँड्ने भएको छ ।सिटिजन लाइफले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

प्रकाशित : २ माघ २०८०, मंगलवार १४:१४