सिटिजन्स बैंकको ७० हजारभन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सिटिजन्स बैंकको ७० हजारभन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले ७० हजार ४९०‍.६१ कित्ता संस्थापक सेयर सर्वसाधारणमा बिक्री खुला गरेकाे छ । विद्यमान संस्थापक शेयरधनीहरूमा वितरण हुन नसकेपछि बैंकले अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

बैंकले प्रतिसेयर १५० रूपैयाँ अंकित मूल्यमा अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी यी सेयर बिक्रीमा ल्याएको हो । यी सेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथ, काठमाडौंमा आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

प्रकाशित : २३ पुष २०८०, सोमबार ११:५३