तोलामा सात सय रूपैयाँले घट्याे सुनकाे मुल्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

तोलामा सात सय रूपैयाँले घट्याे सुनकाे मुल्य



काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ। आइतबार स्थिर रहेको सुनको मूल्य आज तोलामा सात सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार दुई सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १४ सय १५ रूपैयाँमा किनबेच भइरहेको छ।

प्रकाशित : 8 January, 2024 11:34 am