सेयर बजारमा दोहोरो अंकको गिरावट, जलविद्युत कम्पनीका सेयरमा लगानीकर्ताको आकर्षण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा दोहोरो अंकको गिरावट, जलविद्युत कम्पनीका सेयरमा लगानीकर्ताको आकर्षण



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ओरालो लागेको छ । आज बजार २६.३६ अंक घटेर २०२२.९२ विन्दुमा झरेको हो। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ६.१६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.७४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७२ अंक घटेको छ।

नेप्सेसंगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ५ अर्ब ५८ करोडको सेयर खरिदबिक्री भएको बजारमा आज ३०४ कम्पनीको १ अर्ब ५२ करोड ६८ हजार कित्ता सेयर किनबेच हुदाँ ५ अर्ब २४ करोड १४ लाख ८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

कारोबारमा जलविद्युत समूहको उपसूचक २५ अंकले बढेको छ भने बाकी अधिकांश समूहको उपसूचक राताम्मे भएका छन् । बैंकिङ समूहको २१.३३, विकास बैंक ४६.२९, वित्त २४.२१, उत्पादन तथा प्रशोधन समूहको उपसूचक ९८.२७, होटल तथा पर्यटन क्षेत्र ७३.७०, निर्जीबन बीमा समूहको उपसूचक १८६.४० र जीवन बीमा २५९.६८ अंकले गिरावट आएको छ ।

आइतबार तेह्रथुम पावर कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयर हाउजिङ्ग कम्पनी, धौलागिरी लघुवित्त वित्तिय संस्था, सिंगटी हाइड्रो इनर्जीको सेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । साथै, मानुषी लघुवित्त, नेपाल रिपब्लिक मिडिया, सुभम पावर कम्पनीका लगानिकर्ताले सर्वाधिक गुमाएका छन् ।

कारोबार रकमका आधारमा आज सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज २८ करोड ५६ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

प्रकाशित : २२ पुष २०८०, आईतवार १५:२३