हिमालयन रिइन्सुरेन्सको आइपीओ नेप्सेमा सूचीकृत,कति पायो ओपनिङ रेन्ज ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हिमालयन रिइन्सुरेन्सको आइपीओ नेप्सेमा सूचीकृत,कति पायो ओपनिङ रेन्ज ?



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार हिमालयन रिइन्सुरेन्स लिमिटेडको आइपीओ सूचीकृत भएको छ। यस रिइन्सुरेन्सको चुक्ता पुँजीका आधारमा कायम १० करोड कित्ता सेयर सूचीकरण भएको हो।

नेप्सेले यसको पहिलो कारोबारका लागि प्रतिकित्ता १०३.०७ रुपैयाँदेखि ३०९.२१ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको छ । कम्पनीको भोलि सोमबारदेखि कारोबार सुरु हुनेछ । यसलाई ‘एचआरएल’ संकेत दिइएको छ ।

प्रकाशित : २२ पुष २०८०, आईतवार १४:५८