सुनचाँदीको मुल्य स्थिर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मुल्य स्थिर



काठमाडौं । सुनचाँदीको मुल्य आज पनि स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ५०० रुपैयाँ कायम छ । यसैगरी, तेजावी सुनको मुल्य प्रतितोला १ लाख १८ हजार ९५० रुपैयाँ रहेको छ । गत साता शुक्रबार पनि सुनको मुल्य स्थिर रहेको थियो ।

आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला १४ सय २० रुपैयाँ कायम रहेको छ । शुक्रबार पनि सुन–चाँदी सोही मूल्यमा किनेबेच भएको थियो ।

प्रकाशित : २२ पुष २०८०, आईतवार १२:०५