हरेक वर्ष उच्च कर लगाएर निरन्तर व्यवसायीलाई हतोत्साही बनायो : ध्रुव थापा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

हरेक वर्ष उच्च कर लगाएर निरन्तर व्यवसायीलाई हतोत्साही बनायो : ध्रुव थापा



काठमाडौं । नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालका निवर्तमान अध्यक्ष ध्रुव थापाले सरकारले हरेक वर्ष उच्च कर लगाएर निरन्तर व्यवसायीलाई हतोत्साह बनाएको बताएका छन । नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालको  ४७औं वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष थापाले नेपालमा छिमेकी देशको तुलनामा ३/४ गुणाा महंगो पर्ने भएकाले  कर घटाउन  आग्रह गरेका छन्।

सरकारले व्यक्तिगत करमा स्थायित्व कायम गर्नुपर्ने र विधुतीय सवारी साधनलाई उच्च प्राथमिकतामा राखेर कर नबढाउन आग्रह गरे । त्यसैगरी,उनले हायर प्रचेज कर्जाको जोखिमभारको क्याप २५ लाख रहेकोमा ५० लाख लाख पुर्याउन माग गरेका छन् ।

अहिले व्यवसायीहरू निकै कठिन अवस्था रहेको बताउँदै पछिल्लो समय अर्थतन्त्रको परिसूचकहरूमा सुधार हुँदै गएकाले सकारात्मक अवस्था सिर्जना हुने अपेक्षा गरेको छ।

उनले अहिले बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य रकम ५ खर्ब रकम रहेकाले अटोमोबाइल क्षेत्रलाई पनि सहज हुने बताए । सरकारले पूँजीगत खर्च गर्न सकेमा अर्थतन्त्रमा सुधार हुने र सरकारको नीति उद्योगमैत्री हुनुपर्नेमा उनले जोड दिए।

यातायात क्षेत्रले भन्सार राजस्व संकलनमा २१ प्रतिशत योगदान गरेको र १ लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष रोजगारी दिँदै आएकाले सरकारले अनुत्पादक क्षेत्रको रूपमा हेर्न नहुने जिकिर गरे ।

‘अटोमोबाइल क्षेत्रमा एक खर्ब बढी लगानी बढी भएको अवस्था छ,’ उनले भने, ‘सरकारको अस्थिर नीतिले व्यवसायी तोत्सायी हुँदै आएको छ । त्यसैले सरकारले स्थिर नीतिको व्यवस्था गरी सहज बनाउन आवश्यक छ ।’

त्यसैगरी, सरकारले स्वदेशमा एसेम्बल गर्ने उद्योगलाई छुट दिएको छ । तर, हरेक वर्ष उक्त नीति परिवर्तन हुने भएकाले सो व्यवस्था ऐेनमा नै राख्नुपर्ने आग्रह गरे ।

हालसम्म विद्युतीय सवारी साधन चार्ज गर्नका लागि देशभर २२५ चार्जिङ स्टेशन बनेका छन् । उक्त स्टेशनले कतिपय विद्युतीय सवारी साधन चार्ज गर्न निमिल्ने भएकाले चार्जिङ स्टेशन बढाउन निजी क्षेत्र र सरकारले सहकार्य गरेर अगाडि बढ्नुपर्ने उल्लेख गरे ।

प्रकाशित : २० पुष २०८०, शुक्रबार २१:५४