कस्ता सहकारी जोखीम मुक्त छन् ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

विचार

कस्ता सहकारी जोखीम मुक्त छन् ?



हिले देखिएका केहि पाँचवटा सहकारीमा पछिल्लो समयमा सर्वसाधारणको १०-१५ अर्व रूपैया फसेको भन्ने कुराहरू लगातार मिडियामा आईरहेका छन् ।

यि ५ सहकारीहरू मात्र नभईकन देशका धेरै सहकारी लगभग ७०-८०वटा सहकारीको नामै किटान गरि सहकारी विभागमा सहकारीले रकम फिर्ता नगरेको भन्दै उजुरीनै परिसकेको छ । सहकारी विभागले गरेको प्रारम्भिक आंकलन अनुसार ६०-६५ अर्व रूपैया यि सहकारी संस्थाहरूमा फसेको भन्ने रिपोर्टले देखाएको छ । तर मेरो व्यक्तिगत आंकलन अनुसार सहकारी संस्थाहरूमा यतिखेर आमसर्वसाधारणको लगभग २ खर्व सम्म रकम फसेको जस्तो देखिन्छ यसमा पनि अझै कतिपय अन्य सहकारीका सदस्यहरू उजुरी गर्न गएका पनि छैनन् ।

कतिपय ठुला शहरका ठुलासाना सहकारीलाई बचत फिर्ता गर्न सकस परिरहेको छ । यो एकदम जटिल समस्या हो यस्तो जटिल समस्याहरू प्राय शहरकेन्द्रित सहकारीमा धेरै देखिएको छ । यस्तो समस्या आजदेखि मात्र नभई आज भन्दा २० बर्ष अगाडि देखिनै सुरूभएको हो त्यतिबेला न मिडिया पहुँच नै थियो त्यतिबेलै ५० – ८० को हारहारिमा सहकारी पलाएन भईसकेका थिए । त्यतिबेलै बाट सहकारीका संचालकले रकम संकलन गरेर बिभिन्न क्षेत्र जस्तै घरजग्गा ,कलकारखाना रियलस्टेट आदि ठाउँमा लगानी गर्ने र उक्त रकम पछि सदस्यलाई फिर्ता गर्न नसक्नाले भाग्ने क्रम सुरू भएको पाईएको छ यहिक्रम बिस्तारै बढ्दै गयो र पछि संचालक ले संस्थागत ठगिगरेको जस्तो देखिन आएको हो ।

सहकारीमा पैसा सुरक्षित नहुने पनि होईन कतिपय त्यस्ता सहकारी गलतनियत राखि पुर्वयोजना अनुसारनै खोलेका छन् त्यस्ता संस्थाले सदस्यको रकम हिनामिना गरेको पाईएको छ कतिपय यस्ता सहकारीले बचतमा दिएको बढि व्याजको लोभमा डाक्टर , ईन्जिनियर र समाजका प्रतिष्ठित व्यक्तिहरूले पनि प्रयाप्तमात्रामा बचत गरेका छन् र आफुले प्रत्यक्षरूपमा नभनेपनि त्यस्ता व्यक्तिको पैसा फसेको अनुसन्धानले देखाएको छ ।

जव नेपालमा २०६४ मा सम्पत्ति शुद्धिकरणको निति आयो आयो त्यसपछि नेपालका बैङ्कहरूमा १० लाख भन्दा बढि कारोबार गर्दा स्रोत खोल्नुपर्ने ब्यवस्था गर्यो त्यो स्रोत खोल्नुपर्ने व्यवस्थाका कारणले गर्दा सहकारीमा पैसा जम्मा गर्दा स्रोत खुलाउनुनपर्ने स्रोत नचाहिने कारण र चाहिएको बेला सजिलै झिक्न राख्न अनि ऋण लिदा बैङ्कको जस्तो झमेला नपर्ने कारण सहकारी संस्थाहरूमा व्यापक लगानि गर्न लागे र सहकारीमा अझै लगानि गर्नुपर्ने कारण अझै थुप्रै रहेका छन् त्यस मध्ये सहकारीले घरघरै जाने व्यवसाय गरेकै ठाउँमा अनि पसल पसलमै जाने र रकम संकलन गर्न सुरूवात गर्यो यो र यस्तै कारणले सहकारीमा बचत निकै थुप्रिन लाग्यो र अहिले पछिल्लो समयको तथ्याङ्क हेर्ने हो भने ६-७ खर्बको कारोबार गर्न सुरू गर्यो ।

कतिपय सहकारीहरू बैङ्ककै दाँजोमै पुग्ने होडबाजी र बैङ्क जस्तै प्रचार प्रसार पनि गर्न थाले बैङ्कले जस्तै ATM मोवाईल बैंङ्किङ् सुरू गर्न लागे र कतिपए सहकारी भने परिवारवाद भए जव सहकारी संस्था परिवार केन्द्रित भएर परिवारकै व्यक्ति प्रमुख पद संचालक, व्यवस्थापक भए अनि तिनै परिवारले रियलस्टेटको कारोबार,हस्पिटल,सुपरमार्ट,जग्गामा व्यक्तिगतरूपमा लगानी गरी व्यापार व्यवसाय गर्न लागे त्यो पैसा ब्यवसाय बाट फिर्ता आएन जव नेपाल राष्ट्र बैङ्कका  पुर्व गभर्नर डा.युवराज खतिवडा गभर्नर भएका समयमा जव बैङ्कले रियलस्टेटमा लगानी बन्दगर्ने निति बनायो उक्त निति पछि सहकारीहरूमा व्यापकरूपमा त्यो असर देखिन थाल्यो । आफैले सहकारी खोलेर आफैले रियलस्टेट ,घरजग्गा मा ब्यापक लगानी हुनथाल्यो र बजारमा आर्थिक सुचाङ्क अपडाउन पनि आउन थाल्यो ।

साथै कोरोना महामारी पनि विश्वभरी फैलियो कोभिड – १९ ले नेपालको जि.डि.पि अर्थात कुल ग्राहस्थ उत्पादनको ८.६ प्रतिशत क्षति पुर्याएको अनुसन्धानले देखाएको छ । देशमा त्यतिठुलो संकट आईपर्दा नेपाल सरकारले यसबारेमा केहि सोच्नसमेत सकेन र त्यसकारणले गर्दा नेपालको अर्थतन्त्रमा स्थीरता आईदियो हरेक क्षेत्रमा कोभिडले पारेको ठुलो असर र घाटा कहिल्यै माथि उठ्न सकेन र त्यतिबेलै देशमा घरजग्गा कारोबार पनि ठप्प भए र सरकारले जग्गामा कित्ताकाट पनि बन्द गर्यो र सहकारीले गरेको लगानि त्यसमा डुब्न गयो र सहकारीहरू पनि व्यक्तिगत कम्पनिहरू जस्तै भए र त्यस्ता त्यस्ता व्यक्तिगत कम्पनि जस्ता सहकारीले आफ्ना व्यक्तिगत कारोबारमा लगानी जस्तै शेयर बजार घर जग्गा आदिमा लगानि कारोबार गरेकोमा न कारोबारमा नाफा भयो न सहकारीमा लगानी फिर्ता आयो ।

पछिल्लो समयमा देशको अर्थतन्त्रको गिरावटले गर्दा आर्थिक कारोबार गर्ने लगभग ८० प्रतिशत संस्थाहरूमा ठुलो प्रत्यक्ष असर देखिन थाल्यो र सामान्य ऋण लगानिमा रहेको रकम पनि उठ्न सकेन त्यसको प्रत्यक्ष असर सहकारीलाई पनि पर्न गयो दिनमै बाउन्स चेक सयौ हुनथाले यता ऋण लगानि नउठ्नु उता बचतकर्ता बचत फिर्ता लिन संस्थामा लाईन लाग्न थालेपछि बिकल्पमा संचालकहरू सुचनाविहिन भएर बस्नुको बिकल्प केहि रहेन ।

सरकारको सम्बन्धित क्षेत्रमा रहेका व्यक्ति र परिवार पनि त्यस्ता सहकारी संस्थाका संचालक रहेकाछन् त्यसकारण बचतकर्ता र संचालकको सहजीकरण  कसले गर्ने झन् झन् अन्योल बढ्दै गयो र त्यस्ता लगानि डुबेका बचतकर्ताको आवाज चर्किदै जादा जो समुदायमा आधारीत समुदायमै संगठित समुदायकै संचालक तथा समुदायकै बचत लगानि कर्ता समुदायमै लगानि रहेका सहकारी संस्था लाइ पनि हेर्ने दृष्टिकोण एउटै रहेर झन् बिकराल रूप लिन पुग्यो त्यसैले त्यस्ता समुदाय स्तरमै रहेका सहकारीले आफु सुरक्षित र बचत लगानिकर्ताको लगानि सुरक्षित रहेको कुरा पनि बुझाउन सकिरहेका छैनन् त्यति मात्र बुझाउन सकेपनि समस्या हदसम्म कम हुन्छ ।

यतिबेला देशको आर्थिक अवस्थामै हलचल आएको  समयमा पनि समुदाय स्तरमा रहेका कैयौ सहकारीले समुदायमा प्रत्यक्ष रूपमा स्थानिय स्तरका सर्वसाधारण जनताको आर्थिक ,सामाजिक रूपमा मानिसको जिवनस्तरमा केहि माथि उठाउन धेरै ठुलो महत्वपुर्ण भुमिका खेलेका छन् यि किसिमका सहकारीलाई पनि एउटै तराजुमा राखेर दाँज्नाले समुदायमा गलत सुचना पुग्न जानाले राम्रा सहकारीलाई पनि ठुलो धक्का पर्न सक्छ त्यसैले यसलाई बुझ्नुपर्ने देखिन्छ र यसलाई मध्यनजर गर्दै आफ्नो संस्था बिश्वासिलो रहेको अन्य सदस्यलाई जानकारी गराउने कार्य उक्त क्षेत्रकै संचालक र सदस्यहरूकै दायित्व हो ।

यो समयमा सहकारीहरूको आर्थिक संकट राज्यको वेवास्तापनले झन् झन् बढ्दै गईरहेको हिजो राज्यले कौडिको मुल्यमा जथाभावि पारिवारिक संस्थालाई पनि अध्ययन अनुगमन नगरिकन स्विकृत दियो सहकारी विभाग या सम्बन्धित ठाउँमा कार्यरत दक्ष अनुभवि कर्मचारिको अभावले गर्दा त्यस्ता संस्थाहरूबाटै बचत कर्ताको बचत फिर्ता नआउदा राज्यले नै जिम्मा लिनुपर्ने होईन ? राज्यको निति नियम बनाउने व्यक्ति कै परिवारले त्यस्ता सहकारी लाई संचालन गरिरहेकाले राज्य मौन बसेको छ जोखिममा रहेका सहकारीलाई जोखिमरहित बनाउने र जिम्मेवारिक बनाउने र बचत लगानिकर्ताको लगानी फिर्ता सुनिश्चित गराउने र समुदायका राम्रा सहकारीलाई हौसला र साथ दिदै अझै विकास गराउदै लैजाने जिम्मा लिन किन हिचकिचाई रहेको छ ,किन ढिलाई गरेको छ ?

कस्ता सहकारी बढि संकटमा छन् भन्ने कुरा त माथि पनि आईसकेको छ जुन परिवारवाद सहकारी र निति भन्दा बाहिर गएर ऋण लगानी गरेको छ जस्तै हिजो आज देखा परेको उदाहरणमा सुर्यदर्शन बचत तथा ऋण सहकारी ,साहारा  बचत तथा ऋण सहकारी , स्वर्णलक्ष्मी सहकारी जोरपाटी ,सुप्रिम साकोस , सानोपाईला साकेस, समानता साकोस आदि सहकारी आफ्नो सदस्य भन्दा बाहिर गएर नितिलाई कुल्चिएर बिना धितो आफ्नो कार्य क्षेत्र भन्दा बाहिर गएर बिभिन्न संस्था ,व्यवसाय र व्यक्ति र शेयर कारोबारीलाई ऋण लगानी गर्नाले आज देशभरीका बचतकर्ता मध्ये ३० प्रतिशत बचत कर्ताको रकम फिर्ता हुन सकेको छैन र त्यस्ता निति विहिन परिवारवाद सहकारी र संचालक सम्पर्क बिहिन हुन पुगेका छन् ।

कतिपय बिना धितो ऋण लगानि गरेका छन् भने धितोमा लगानि गरेको ऋणपनि उठ्नु सकेको छैन न त सहकारीले लिलामि प्रक्रियामा जान नै सकेको छ भने कतिपय  लगानिकर्ताको गलत नियत तिर्नपर्ने दायित्वनै बिर्सेकाले ऋण लगानी फिर्ता नगर्नाले पनि सहकारी झन् झन् संकटमा छन् जवकि धितोमा रहेको घरजग्गा कहिल्यै बिक्रिनै हुन सक्ने सम्भावना छ त्यस्तै यस्तो विकराल समस्याले बचतकर्ताको बचत फिर्ताहुन धेरै समय लाग्न सक्छ ।

छाता संगठन किन मौन छ ?

सहकारी छाता संगठन कहिले यो विषय कहियो त्यो विषय भन्दै सहकारीबाट नविकरण र समाबेशको नाममा पैसा असुल्दै ठिक्क छ । जो सहकारीको छाता संगठनमा संचालक छन् तिनका प्रारम्भिक सहकारीको छानबिन हुन जरूरी छ त्यसपछि सहकारी र वचतकर्ताको विषयमा आफै बोल्छन् न त आज सम्म बचतकर्ताको पक्षमा खुलेर बोल्न सकेका छन् न त सहकारी संस्थाको बारेमा बोल्न नै सकेका छन् किनकि उनिहरूकै प्रारम्भिक सहकारी संस्था नै प्राय निति भन्दा बाहिर रहेको पाईएको छ त्यसैले मुख नखोली मौन बसेका छन  ।

यतिबेला बचतकर्ताको बचत डुवेको अवस्था छ अर्कोतिर सरकारले लगातार सहकारीलाई एकोहोरो लखेटिरहेको अवस्था छ ।बैङ्कका संचालकहरू सँग सरकार मिलेर सहकारीलाई संचालनमा अफ्ट्यारो बनाउदै गईरहेको छ सहकारीमाथि करको दायरा बढाएर झन् असहज पारेको स्थिति छ त्यसैले भागेका संस्था गुमनाम भए भने समुदायलाई आधार बनाएर समुदायमै कार्यरत राम्रा सहकारी संस्थालाई राज्यले निकै अफ्यारो स्थिति सिर्जना गराएको छ यसको असर शेयर सदस्यहरूलाई पर्ने जाने कुराको ख्याल समेत गर्न सकेको छैन ।

अव राज्यको के दायित्व होला त ?

 हिजो आज परिवारवाद ,पुजीवादी लाई बिना अनुगमन सहकारी स्विकृतको नाममा प्रमाणपत्र बाँडेको थियो । त्यसैगरी अव वचतकर्तालाई वचत फिर्ता हुने किसिमको विश्वास दिलाउन आवश्यक रहेको छ सहकारीले धितोमा राखेको धितो लिलामको स्विकृति तथा सहजिकरण सरकारबाट हुनुपर्छ र सम्पर्क बिहिन त्यस्ता सहकारीलाई तत्काल कानुनिदायरामा ल्याएर रकम असुलि गराउने दायित्व सरकारको रहन्छ त्यसैले अझै केहि बिग्रिसकेको भने छैन राज्यको ईच्छाशक्ति हुनुपर्छ । यो समस्या समाधान हुन केहि समयको कुरा हो र सहकारीको नियामक निकाय हालसम्म स्थानिय सरकारलाई दिएको छ तत्काल यो स्थानिय निकायलाई दिनुहुदैन । जो स्थानिय सरकारमा छ त्यसैबाटको सेटिङ अनुरूप सहकारी बिग्रिरहेका छन् स्थानिय नियामक निकायमा न बित्तिय क्षेत्र बुझेका कर्मचारी छन् न दक्षता छ त्यसैले यो नेपाल सरकारले वित्तिय क्षेत्र हेर्नको लागि वित्तिय क्षेत्रमा दक्षता भएका केहि ब्यक्तिलाई राखेर छुट्टै बिभाग बनाएर राष्ट्र बैङ्क जस्तै नियामक संस्था बनाउनुपर्छ जस्तो लाग्छ ।

अब कस्तो सहकारी संस्था जोखीम मुक्त छन् लगानी र बचत गर्न लाएक छन् त ?

नेपालको बित्तिय बजारमा पछिल्लो समय सहकारीले ठुलै कम्पन ल्याईदियो जुन केहि सहकारीमा ठुलो समस्या देखिएको छ तर हामिले सोचेको जस्तो जुन सबै सहकारीमा भने छैन बिभिन्न उधेश्य केन्द्रित कुल ३४ हजारको हाराहारी मध्येमा करिब करिब १५ हजार बचत तथा ऋण सहकारी संस्था छन् भने यि करिब १५ हजार मध्ये नेपालभरीबाट ७०-८० वटा सहकारीमा समस्या देखिएको छ जसमा ९८ प्रतिशत शहरकेन्द्रित सेवाकेन्द्र बिस्तार भएका सहकारीमा समस्या रहेको पाईएको छ त्यसैले जथाभावी सेवाकेन्द्र खोलेका संस्थाहरूमा बचत गर्दा ध्यान पुर्याउन जरूरी छ ।

जुन समुदायलाई आधार बनाएर समुदाय भित्रैबाट चुनिएका संचालक रहेको संस्था र जुन संस्थाले निति,विधि र प्रविधिलाई आत्मसाथ गर्दै अगाडि बढेको छ र आफ्नो कार्यक्षेत्र प्रष्ट गरेर उक्त क्षेत्र भित्र मात्रै कारोबार गरेको छ जुन छिमेकि समुदायमा रहेका अन्य संस्थाहरूसँग सहकार्य गर्दै अगाडि बढेको छ त्यस्ता सहकारीमा सदस्य बनेर निर्धक्क कारोबार गर्न सकिनेछ ।

समुदायमा आधारित सहकारी जुन समुदायकै व्यक्तिहरू जुन तपाईहामिहरूकै प्रत्यक्ष निगरानिमा रहन्छ र समुदाय भित्रकै व्यक्तिहरू संचालक रहन्छन् र त्यहि समुदायमा तपाई हामि मै लगानि रहेको हुन्छ र समुदाय भित्रकै शेयर सदस्यले ऋण उठाउन ऋण असुलिमा मद्दत गर्दछन् ।त्यसैले संचालक कताका छन् पत्तो समेत छैन मुख्यकार्यालय केन्द्रतिर रहेर गाउँगाउँमा सेवाकेन्द्र खोलि   तपाई हाम्रो घरमा बचत मात्र संकलन गर्न मात्र आउछन् तपाईहामिलाई चाहिएको समयमाप ऋणपनि लगानि गर्दैनन् भने अव सचेत रहने समय आएको छ।

तर जुन तपाईहाम्रो समुदाय भित्र तपाईको  प्रत्यक्ष निर्बाचनमा सहभागिताले चुनेको स्थानिय स्तरका संचालक रहेको संस्था जुन तपाई हाम्रै निगरानिमा छ भने त्यस्ता संस्थालाई बिश्वासगरी अगाडि बढाउन पनि मद्दत गर्नुहोस् २/४ पैसा बढि व्यजको लोभलमा बचत संकलन गर्न मात्र आएका शहरका सहकारीलाई भन्दा आफ्नो स्थानिय स्तरमा रहेको सहकारीलाई बिश्वास गर्नुहोस् निर्धक्क लगानि र बचत कारोबार गरि आफ्नो जिवनस्तर उकास्नुहोस् धेरै हल्लाको पछाडि नलागी आफु सदस्य रहेको संस्थामा बारम्बार जानुहोस् प्रत्येक दिनका गतिविधि बुझ्नुहोस् प्रत्येक महिनाको बित्तिय बिबरण हेर्नुहोस् र केहि सुझाव सल्लाहा दिनुहोस् आफ्नो सहकारीलाई समुदायको उत्कृष्ट सहकारी बनाउनुहोस ।

बर्षको एकचोटि संस्थामा नफर्कने साधारणसभाको दिन खाजा,यातायात खर्च बुझ्न मात्र जाने अनि ३६४ दिन चोकमा बसेर सहकारीको बारेमा नकारात्मक टिप्पणि गर्ने गर्नु हुन्छ भने तपाइँ स्वायम गैरजिम्मेबारीक सदस्य हो  भन्ने कुरा बुझ्नुहोस् सहकारीको शेयर सदस्य बनेको दिनदेखि आजसम्म तपाई आफु आफ्नो सहकारीमा कतिचोटि जानुभयो र संचालकलाई कतिचोटि भेट्नुभयो ? व्यवस्थापक सँग बसेर संस्थाको बित्तिय बिवरण कतिचोटी माग्नुभयो मनन गरौ त ! पहिला आफु पनि जिम्मेवारीक सदस्य बनौ संस्था हजुरहाम्रो साथ पाएपछि बलियो र बिश्वासिलो समुदायको उत्कृष्ट पहिलो रोजाई बन्छ ।   

माथिका विचार लेखकका हुन ।

प्रकाशित : २० पुष २०८०, शुक्रबार १५:२९