सेयर बजारमा दाेहाेराे अंकको सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा दाेहाेराे अंकको सुधार



काठमाडौं । बुधबार सेयर बजारमा दोहोरो अंकको उकालो लागेको छ । आज बजार २७.९० अंकले बढ्दा परिसूचक २०५८ बिन्दुमा पुगेको हो।

आज ३०६ कम्पनीको १ करोड ५ लाख ४९८ कित्ता सेयर किनबेच हुदाँ ४५ अर्ब ४ करोड ८८ लाख ५७ हजार ४५४ रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको छ । बैंकिङ समूहको उपसूचक ४.२३, विकास बैंक ४३.७२, वित्त ३०.९५, होटल १४७.६१, जलविद्युत ७१.५१, जीवन बीमा ८१.८८, उत्पादन तथा प्रशोधन १२३.६६, माइक्रोफाइनान्स २०।९२, निर्जीबन बीमा २२१.४१, अन्य २३.६०, ट्रेडिङ समूहको उपसूचक ५.०२ अंकले बढेको छ ।

कारोबारमा ९ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। साथै, लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सर्वाधिक गुमाएका छन् ।

कारोबार रकमका आधारमा सोनापुर मिनरल्स एण्ड आयल कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको २६ करोड ६३ लाख ९१ हजार ४१६ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा शिवम् सिमेन्ट र आइएमई लाईफ इन्स्योरेन्स रहेका छन् ।

प्रकाशित : १८ पुष २०८०, बुधबार १५:४९