नेप्सेमा ३०.०५ अंककाे गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा ३०.०५ अंककाे गिरावट



काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । आज बजार ३०.०५ अंक घटेर २०३०.१० विन्दुमा झरेको हो। यस दिन सेन्सेटिभ इण्डेक्स ४.५४ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५७ अंक घटेको छ।

आज ३०५ कम्पनीको १ करोड ११ लाख ८५ हजार कित्ता सेयर किनबेच हुदाँ ४ अर्ब ४ करोड ४६ लाख ५९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

कारोबारमा आज सबै समूहको उपसूचक राताम्मे भएका छन् । बैंकिङ समूहको १३.७६, विकास बैंक ५३.५५, उत्पादन तथा प्रशोधन समूहको उपसूचक ७५.३२, निर्जीबन बीमा समूहको उपसूचक ३१३.५६ , वित्त २३.८४, जलविद्युत ३१.२३, जीवन बीमा ३३४.६१ र होटल तथा पर्यटन क्षेत्र १८१.३४ अंक घटेको छ ।

आज चिरख्वा हाइड्रोपावर, मृक्तिनाथ कृषि कम्पनी र नेपाल वेयर हाउजिङ्ग कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, लक्ष्मी लघुवित्तको सेयर पनि उच्च अंकले नै बढेको छ। कारोबारमा आएको हिमालयन हाइड्रोपावरका लगानीकर्ताले भने आज सर्वाधिक गुमाएका छन् ।

कारोबार रकमका आधारमा आज पनि शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज १६ करोड ११ लाख ७ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। त्यस्तै, आज हाथवे इन्भेष्टमेन्ट कम्पनीको १५ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ भने सिटिजन लाइफ इन्स्योरेन्सका करिब १५ करोडको सेयर किनबेच भएको छ।

प्रकाशित : १७ पुष २०८०, मंगलवार १५:२८