सिटिजन लाइफकाे ५.२६२५ प्रतिशत लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

सिटिजन लाइफकाे ५.२६२५ प्रतिशत लाभांश घोषणा



काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस घोषणा गरेको छ । कम्पनीको गत पुस १६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र ०२६२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरि कुल ५.२६२५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले गत भदौ १५ गते सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २४४ रुपैयाँमा ९० लाख कित्ता आईपीओ बिक्री खुला गरेको थियो।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपश्चात कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

प्रकाशित : 2 January, 2024 11:52 am