ग्लोबल आइएमई बैंकले ११ वटा शाखा कार्यालयका स्थिर सम्पत्ति बिक्री गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ग्लोबल आइएमई बैंकले ११ वटा शाखा कार्यालयका स्थिर सम्पत्ति बिक्री गर्दै



काठमाडौं । ग्लोबल आइएमई बैंकले शाखा कार्यालयमा रहेका स्थिर सम्पत्तिहरु बिक्री गर्ने भएको छ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्जरपश्चात् कायम नरहेका शाखा कार्यालयहरूको स्थिर सम्पत्ति बिक्री गर्ने भएको हो ।

विभिन्न स्थानहरुमा दोहोरिएका शाखा कार्यालयहरूमध्ये एक शाखा कार्यालयलाई निरन्तरता दिईएको हुँदा नदोहारीएका ११ वटा कार्यालयहरूको सम्पत्ति बिक्रीमा राखेको हो । बैंकले उक्त शाखा कार्यालयहरुको आन्तरिक सजावट तथा स्थिर सम्पत्तिहरू यथास्थितिमा बिक्री गर्ने जनाएको छ ।

बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सहकारी संस्था तथा अन्य कार्यालय प्रयोजनको लागि समेत उपयुक्त तथा तयारी अवस्थामा रहेको कार्यालय खरिद गर्न इच्छुक संघ संस्थाले ७ दिन ९पुस १७ गते०भित्र खरिद गर्न चाहेको मूल्य सहितको प्रस्ताव पेश गर्न बैंकले आग्रह गरेको छ ।

साविक बैंक अफ काठमाण्डूका सुर्खेत, बागलुङ्ग आवा रोड, पोखरा, हेटौंडा मेनरोड, वीरगन्ज र सामाखुसी शाखा कार्यालयमा रहेका स्थिर सम्पत्ति बिक्रीमा राखेको हो ।

यस्तै, ग्लोबल आइएमई बैंकका साविक शाखा कार्यालय रामपुर, ताप्लेजुङ्ग, इटहरी, दोगडाकेदार बिजुवारका शाखा कार्यालयको स्थिर सम्पत्ति बिक्रीमा राखिएको बैंकले जनाएको छ ।

प्रकाशित : १५ पुष २०८०, आईतवार ११:५४