निर्जीवन बीमा कम्पनीहरूले आर्जन गरे १५ अर्ब ७२ करोड माथि, कुनले कति गरे ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

निर्जीवन बीमा कम्पनीहरूले आर्जन गरे १५ अर्ब ७२ करोड माथि, कुनले कति गरे ?



काठमाडौं। निर्जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको मंसिर महिनासम्ममा १५ अर्ब भन्दा बढी बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ वटा निर्जीवन बीमा कम्पनीले ६१ हजार २५९ वटा बीमा पोलिसी विक्री गरी १५ अर्ब ७२ करोड १० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन्।

निर्जीवन बीमा व्यवसाय गत वर्षको तुलनामा यो अवधिसम्ममा १‍.६१ प्रतिशतले घटेको छ । गतवर्षको यसै अवधिसम्म ती कम्पनीले १५ अर्ब ९७ करोड ८४ लाख रुपैयाँभन्दा बढी बीमा शुल्क आर्जन गरेका थिए । चालू आवको पाँच महिनासम्म सबैभन्दा बढी सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले १ अर्ब ९९ करोड रुपैयाँ प्रिमियम संकलन गरेर पहिलो श्रेणी कायम गरेको छ । त्यस्तै, दोस्रो बढी प्रिमियम संकलन गर्ने सिद्धार्थ प्रिमियर छ । कम्पनीले मंसिर महिनासम्ममा कुल १ अर्ब ६५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै,पहिलो श्रेणीको ताज पहिरिंदै आएको शिखर इन्स्योरेन्सले भने सो अवधिसम्ममा १ अर्ब ५७ करोड प्रिमियम संकलन गरेर तेस्रो स्थान कायम गरेको छ ।

साथै हिमालयन एभरेष्टले १ अर्ब ३९ करोड, आइजीआई प्रुडेन्सियलले १ अर्ब ३८ करोड, नेकोले १ अर्ब ३३ करोड, युनाइटेड अजोडले १ अर्ब ७ करोड, एनएलजीले १ अर्ब १ करोड, सानिमा जीआईसीले ९६ करोड, प्रभु इन्स्योरेनसले ८४ करोड रुपैयाँमाथि प्रिमियम संकलन गरेका छन् । त्यसैगरी, ओरियण्टलले ७२ करोड, राष्ट्रिय बीमाकम्पनीले ६२ करोड, नेपालले ६१ करोड र नेशनल इन्स्योरेन्सले ५१ करोड रुपैयाँमाथि प्रिमियम संकलन गरेका छन् ।

प्रकाशित : १३ पुष २०८०, शुक्रबार १५:२२