नेफ्स्कूनको सञ्चालकमा अमरावतीको उम्मेदवारी घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नेफ्स्कूनको सञ्चालकमा अमरावतीको उम्मेदवारी घोषणा



काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को सञ्चालक पदमा अमरावती बलामी महर्जनले उम्मेदवार बन्ने घोषणा गरेकी छिन् । नेपालका बचत तथा ऋण सहकारी संघ संस्थाहरुको केन्द्रीय छाता संगठन नेफ्स्कूनको निर्वाचन सहितको ३२औं साधारण सभामा महर्जनले सञ्चालक पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

महर्जन काठमाडौं र ललितपुरका ३४ वटा सहकारी संस्थाहरु मिलेर बनाएको सक्रिय सहकारी सञ्जालको अध्यक्ष समेत रहेकी जिल्ला सहकारी संघ लि, काठमाडौंकी सञ्चालक तथा उपासना महिला बचत तथा ऋण सहकारी संस्था लि की अध्यक्ष पनि हुन् ।

कर्मचारीको रुपमा सहकारी अभियानमा प्रवेश गरेकी महर्जनले काठमाडौंको सितापाइलामा केन्द्रीय कार्यालय तथा रामकोट र रानीवनमा बचत संकलन केन्द्र सञ्चालनमा रहेको उपासना महिला बचत तथा आण सहकारी संस्था लि को विगत १५ वर्षदेखि नेतृत्व गर्दै आएकी छन् भने जिल्ला सहकारी संघ लि, काठमाडौंको दोश्र‍ो पटक सञ्चालक पदको जिम्मेवारी बहन गरिरहेकी छिन् ।

सहकारी मार्फत हुनेखानेसँगै हुँदाखानेको जीवनस्तर माथि उठाउनुपर्छ र सामाजिक, आर्थिक , राजनीतिक तथा सांस्कृतिक नेतृत्व तहमा महिलाहरुलाई पु(याउनुपर्छ भन्ने मान्यताका साथ क्रियाशील महर्जन पछिल्लो समय सहकारीका विरुद्ध भइरहेका अनर्गल प्रचारको विरोध गर्दै सहकारी बचाउ अभियानमा लागिरहेकी छिन् ।

सहकारी क्षेत्रको विकास र प्रवर्द्धनका लागि सक्रिय महर्जन सहकारीलाई सरकारले देशको समृद्धिको आधार बनाउनुपरनेमा ज‍ोड दिदै आएकी छिन् । सहकारीको बारेमा अध्ययन, अनुसन्धान गर्दै आएकी महर्जन सहकारी प्रशिक्षकको रुपमा पनि क्रियाशील छिन् ।

बचत तथा ऋण सहकारी अभियानलाई एकताबद्ध बनाएर यसलाई थप व्यवस्थित र मर्यादित बनाई यसको विकास र प्रवर्दधनका लागि सक्द‍ो पहल र प्रयत्न गर्न आफू नेफ्सकूनको उम्मेद्वार बन्न लागेको उनको भनाइ छ ।

प्रकाशित : ४ पुष २०८०, बुधबार १२:४५