यसरी बन्याे करण चाैधरी नाडाकाे अध्यक्ष बन्ने बाटाे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

यसरी बन्याे करण चाैधरी नाडाकाे अध्यक्ष बन्ने बाटाे



काठमाडौं । अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्ष करण चौधरी सर्वसम्मत हुने भएका छन् । अध्यक्षका अर्का प्रत्यासी आकाश गोल्छालाई अर्को पटक अध्यक्ष बनाउने गरी नाडामा सहमति भएको बताइएको छ ।

नाडाका अध्यक्ष ध्रुव थापा, महासचिव सुरेन्द्र कुमार उप्रेती (सुरेश)सहित नाडाका पूर्व अध्यक्षहरुको बैठकमा उक्त सहमति भएको हो ।

सहमतिमा नेतृत्व चयन गर्दा राम्रो सन्देश जाने र व्यवसायीहरुबीच एकताको भावना विकास हुने धारणासहित नाडामा सहमति गरिएको अध्यक्ष थापाले बताए ।

नाडाका महासचिव उप्रेतीका अनुसार अध्यक्षका अर्का प्रत्यासी प्रकाश कपुरी पनि उक्त सहमतिसँगै व्याक हुने भएका छन् ।

नाडाको ४७औं साधारणसभा पुस २० र २१ गते हुँदैछ ।

प्रकाशित : ३ पुष २०८०, मंगलवार २०:०९