१० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

१० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले पुस ३ गते १० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गरी उक्त परिमाण बराबरको रकम संकलन गर्न लागेको हो ।

केन्द्रीय बैंकले पुस ३ गतेदेखि १७ गतेसम्मका लागि निक्षेप संकलन गर्न लागेको जनाएको छ । घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ ।

ब्याजदर पनि बोलकबोलका माध्यमबाट निर्धारण हुनेछ । केन्द्रीय बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।

प्रकाशित : २ पुष २०८०, सोमबार १७:०९