पेट्रोलियम पदार्थको मूल्य घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

पेट्रोलियम पदार्थको मूल्य घट्यो



काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा लिटरको ३ रुपैयाँ मूल्य घटाएको हो ।

निगमका अनुसार इण्डियन आयल कर्पोेरेसनले २९ मंसिरमा पठाएको नयाँ मूल्यमा पेट्रोलमा ३ रुपैयाँ ०७ पैसा र डिजेलमा ३ रुपैयाँ १६ पैसा मूल्य घटेर आएको छ । निगमले भने ३ रुपैयाँ मात्र मुल्य घटाएको छ ।

नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ अनि डिजेल र मट्टितेलको मूल्य १५७ रुपैयाँ कायम भएको छ। खाना पकाउने ग्यासको मूल्य भने समायोजन भएको छैन ।

प्रकाशित : २९ मंसिर २०८०, शुक्रबार २१:०३