एक महिनामा साढे ७९ करोडको पोलिसी सरेन्डर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

एक महिनामा साढे ७९ करोडको पोलिसी सरेन्डर



काठमाडौं । एक महिनामा ७९ करोड ४९ लाख ८९ हजार रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको कात्तिक महिनामा ६ हजार ९१ वटा बीमालेख मार्फत सो बराबरको बीमा सरेन्डर भएको हो।

यो अवधिमा सबैभन्दा बढी बीमा पोलिसी सरेन्डर गर्नेमा नेपाल लाइफ इन्स्योरेन्सका बीमितहरु रहेका छन् । प्राधिकरणका अनुसार कात्तिक महिनामा नेपाल लाइफका एक हजार ७७७ बीमितले २६ करोड ४३ लाख २९ हजार रुपैयाँ बराबरको पोलिसी त्याग गरेका हुन् ।

त्यस्तै, कार्तिकमा राष्ट्रिय बीमा संस्थानको ४ करोड ६० लाख ५८ हजार रुपैयाँ बराबरको ४५० बीमा पोलिसी सरेन्डर भएको छ । यसै अवधिमा नेशनल लाइफ इन्स्योरेन्सको ६ करोड ३३ लाख ७७ हजार रुपैयाँ बराबरको ३९१ बीमा पोलिसी सरेन्डर भएको प्राधिकरणले जनाएको छ ।

यस्तै, सोही अवधिमा लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको १७ करोड ४५ लाख २१ हजार रुपैयाँको एक हजार एक हजार १५५ वटा, मेट लाइफको १ करोड ३७ लाख ८२ हजार रुपैयाँ बराबरको १६४ वटा र एसियन लाइफको १२ करोड १९ लाख १८ हजार रुपैयाँको एक हजार ९८७ वटा बीमा पोलिसी सरेन्डर भएको हो ।

आईएमई लाइफका ६५ जना बिमीतहरुले ४८ लाख ५० हजार रुपैयाँ बराबरको पोलीसी त्यागेका छन् भने सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ६० लाख ५५ हजार रुपैयाँको पोलिसी ‘सरेन्डर’ भएको छ । रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीको पनि ४० लाख ८७ हजार रुपैयाँ बराबरको ७३ वटा पोलिसी त्याग भएको छ ।

प्राधिकरणको तथ्याङ्क अनुसार बीमितहरुले सिटिजन लाइफ इन्स्योरेन्सबाट ८३ लाख २३ हजार रुपैयाँ बराबरको १५३ वटा, सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड ८४ लाख ९३ हजार रुपैयाँ बराबरको १९७ वटा पोलिसी सरेन्डर गरेका छन् । सोही अवधिमा बीमितहरुले सानिमा रिलायन्सको ९७ लाख ५ हजार रुपैयाँ बराबरको ९३ वटा, हिमालयन लाइफ इन्स्योरेन्सको ४ करोड २६ लाख ३६ हजार रुपैयाँ बराबरको ४७७ वटा र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको ६८ लाख ५५ हजार रुपैयाँ बराबरको ५८ वटा बीमा पोलिसी सरेन्डर भएको प्राधिकरणले जानकारी दिएको छ ।

प्रकाशित : २७ मंसिर २०८०, बुधबार १७:१२