महाकाली र हर्षित सहकारीबीच एकिकरण, महाहर्षितको नामबाट कारोबार हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

महाकाली र हर्षित सहकारीबीच एकिकरण, महाहर्षितको नामबाट कारोबार हुने



काठमाडाैमा रहेका महाकाली साकाेस र हर्षित साकाेसले एकिकरणको प्रमाणपत्र पाएका छन्। बागमती प्रदेश सँस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले दुई सहकारीलाई एकिकरण भएको प्रमाणपत्र प्रदान गरेको हो ।

प्रदेश सहकारी ऐन २०७६ को दफा १२ को उपदफा १ बमोजिम एकिकरणको प्रमाणपत्र प्रदान गरिएको हो। यस अघि महाकाली र हर्षित सहकारीले संयुक्त रुपमा साधारणसभाको आयोजना गरी एकिकरणको प्रस्ताव पारित गरेका थिए।

एकीकरण पछि संस्थाको कुल कारोबार १८ करोड ५० लाख र शेयर पुँजी ५ करोड ६० लाख पुगेकाे छ । त्यसैगरी बचत ११ करोड र ऋण लगानी १२ करोड ९१ लाख पुगेकाे छ ।

महाहर्षित सहकारीकाे अध्यक्ष बालकुमार बास्तोला, उपाध्यक्षमा बिना पराजुली, सचिवमा हरिशरण सिवाकोटी, कोषाध्यक्षमा तिलक बहादुर खड्का र सदस्यहरुमा सागर कुमार घिमिरे, इन्द्र थापा तथा अन्जु दाहाल पोखरेल रहेका छन् भने लेखा सुपरीवेक्षण समितिको संयोजकमा विनोद पराजुली र सदस्यहरुमा कमल नेपाल र लाल बहादुर बस्नेत रहेका छन्।

दुवै संस्थाको एकिकरणपछि अब महाहर्षित बचत तथा ऋण सहकारी संस्थाको नामबाट वित्तीय कारोबार हुनेछ।

प्रकाशित : २१ मंसिर २०८०, बिहीबार १५:१४