१६ अर्ब ४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

१६ अर्ब ४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले १६ अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको छ । सोमबार बैंकले ९१ दिन अवधिको ६ अर्ब ४ करोड ५० लाख रुपैयाँ, १८२ दिन अवधिको १० अर्ब रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार मंसिर १७ मंगलबार निष्कासन गर्ने उक्त ट्रेजरी बिल क्रमशः फागुन २२ गते, र २०८१ जेठ २२ गते परिपक्व हुनेछन्।

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत दिउँसो २ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई राष्ट्र बैंकले सोमबार ट्रेजरी बिल जारी गर्नेछ ।

प्रकाशित : १७ मंसिर २०८०, आईतवार १५:१४