टोपबहादुर रायमाझीसहित ८ जनालाई थुनामै राख्ने जिल्लाको आदेश उच्च अदालतद्वारा सदर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

टोपबहादुर रायमाझीसहित ८ जनालाई थुनामै राख्ने जिल्लाको आदेश उच्च अदालतद्वारा सदर



काठमाडौं । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीससहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ । न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पा, टेकनारायण पाण्डेसहित ८ जनालाई थुनामा राख्न जिल्ला अदालत, काठमाडौंको आदेश सदर गरेको हो ।

त्यस्तै पूर्व गृहमन्त्री बालकृष्ण खांडको हकमा २ न्यायधीशको राय बाझिएको छ । न्यायधीश जनक पाण्डेले उनलाई ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएका छन् भने अर्का न्यायधीश प्रकाश खरेलले न्यायधीश पाण्डेको आदेशमा सहमत हुन नसकिने भन्दै धुनामै राख्नु पर्ने आदेश दिएका छन् । यसो हुँदा अब खांडको मुद्दा तेस्रो न्यायाधीशकोमा पेश हुनेछ ।

प्रकाशित : १५ मंसिर २०८०, शुक्रबार १६:४८