राष्ट्रिय बीमा कम्पनीका सीईओ बरालले दिए राजीनामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

राष्ट्रिय बीमा कम्पनीका सीईओ बरालले दिए राजीनामा



काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शेखर बरालले पदबाट राजीनामा दिएका छन् । बरालले दिएको राजीनामा कम्पनीको सञ्चालक समितिले स्वीकृत गरेको छ। कम्पनीका कर्मचारीबाटै सहयोग नपाएको गुनासो गर्दै आएका उनले घरायसी कारण देखाउँदै कम्पनीको सीईओबाट राजीनामा दिएका हुन् ।

बरालले ८ मंसिरमा राजीनमा दिएका थिए, सो राजीनामा १५ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको कम्पनीले जनाएको छ । २०७९ भदौमा ४ वर्षे कार्यकालका लागि नियुक्त भएका उनले १५ महिना मात्रै कार्यभार सम्हाले ।

प्रकाशित : १५ मंसिर २०८०, शुक्रबार १५:५३