पेट्रोल र डिजेलको मूल्य घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

पेट्रोल र डिजेलको मूल्य घट्यो



काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । बिहीबर मध्यराति १ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रेलको मूल्य घटाएको हो ।

पेट्रोलमा प्रति लिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर ४ रुपैयाँ मुल्य घटेको छ । एलपी ग्यासको मूल्य भने यथावत छ । निगमले पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर क्रमश: एक सय ६७ रुपैयाँ ५० पैसा, एक सय ६९ रुपैयाँ र एक सय ७० रुपैयाँ तोकेको छ ।

डिजेल र मट्टितेल भने क्रमशः १५७ रुपैयाँ ५० पैसा, १५९ रुपैयाँ र १६० रुपैयाँ पर्नेछ । एलपी ग्यासको मुख्य देशभर प्रति सिलिण्डर १८९५ रुपैयाँ नै कायम रहेको निगमले जनाएको छ ।

प्रकाशित : १५ मंसिर २०८०, शुक्रबार ०६:३३