कालोसूचीमा रहेका व्यक्ति वा फर्मले बैंक खाता खोल्न नपाउने, यस्ताे छ राष्ट्र बैंकले जारी गरेकाे नयाँ व्यवस्था « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कालोसूचीमा रहेका व्यक्ति वा फर्मले बैंक खाता खोल्न नपाउने, यस्ताे छ राष्ट्र बैंकले जारी गरेकाे नयाँ व्यवस्था



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लागि नयाँ निर्देशन जारी गरेको छ । राष्ट्र बैंकको नियमन विभागले बुधबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्सको लागि नयाँ निर्देशन जारी गरेको हो ।

नयाँ निर्देशन अनुसार ब्याज पूँजीकरण गरिएको परियोजना व्यावसायिक रुपमा सञ्चालनमा आएको अवस्थामा Interest Capitalized Term Loan (ICTL) मा रहेको सम्पूर्ण रकमलाई Interest Capitalized Reserve (ICR) बाट घटाई सञ्चित मुनाफा हिसाबमा सार्न सकिनेछ ।

त्यस्तै अबदेखि जमानतदातालाई कालोसूचीमा समावेश गर्नुपूर्व ऋणीले सुरक्षणस्वरुप राखेको धितो लिलाम गरी असुली गर्नुपर्नेछ । यस्तो सुरक्षणबाट भएको असुली पर्याप्त नभई बैंकको लेना रकम बाँकी रहेमा सोको भुक्तानीका लागि जमानतदातालाई ९० दिनको समय भने दिनु पर्नेछ । यसअघि यो अवधि ३५ दिन थियो ।

अब ज्वाइन्ट भेन्चर(जेभी) मा आवद्ध कुनै फर्मरकम्पनी कालोसूचीमा परेको कारणले मात्र सोही जेभीमा आवद्ध अन्य फर्मरकम्पनीहरुलाई कालोसूचीमा राख्न अनिवार्य हुने छैन । यो नयाँ व्यवस्था हो ।

यसैगरी, अब कालोसूचीमा परेका व्यक्ति, फर्म, कम्पनी, संस्थाले बैंक तथा वित्तीय संस्थामा खाता खोल्न पाउने छैनन्। तर, कानूनबमोजिम सामाजिक सुरक्षा भत्ता एवम् पेन्सन रकम प्राप्त गर्ने प्रयोजनको लागि भने पाउने छन् ।

कानून बमोजिम प्राप्त भएको पारिश्रमिक, सामाजिक सुरक्षा भत्ता, पेन्सन लगायतका रकम निकाल्न पनि पाउने छन् ।

यस्ताे छ राष्ट्र बैंकको निर्देशन :

प्रकाशित : १३ मंसिर २०८०, बुधबार १५:४०