नेपाल लाइफ एफपिओ: कस्लाई कति पर्यो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल लाइफ एफपिओ: कस्लाई कति पर्यो ?



काठमाडौँ २० फागुन । नेपाल लाइफ इन्स्योरेन्सको एफपिओमा आवेदन गर्नेमध्ये १० कित्ता शेयर एक लाख २५ हजार ५ जनाले पाएका छन्। १० कित्ताका लागि आवेदन गर्नेमध्ये ५५०३ जनाले शेयर पाएका छन्।

२० कित्ताका लागि आवेदन गर्ने ४३७७ जनाले पनि १० कित्ता पाएका छन्। ३० कित्ता आवेदन गर्ने एक लाख १४ हजार १२५ जनाले पनि १० कित्ता शेयर पाएका छन्। साना लगानीकर्तालाई २३.२२ प्रतिशतका दरले शेयर पाएका हुन्।

४० कित्तादेखि १६० कित्तासम्म आवेदन गर्नेहरुलाई गोलाप्रधाबाट ५.६३ प्रतिशतका दरले शेयर पाएका छन्। १७० कित्ताभन्दा वढि आवेदन गर्ने सबैले शेयर पाएका छन्।

कम्पनीले  १०० रुपैयाँ अंकित दरको शेयरमा १३ सय २५ रुपैयाँ प्रिमियम जोड्दै १४ सय २५ रुपैयाँ एफपिओ जारी गरेको थियो। चार अर्ब ४१ करोड २४ लाख ११ हजार तीन सय २५ रुपैयाँ बराबरको शेयर निष्कासन गरिएको हो।

प्रकाशित : २० फाल्गुन २०७३, शुक्रबार ०६:४६