आगमी म‌सिर १५ र १६ गते ‘सलिकाे गल्फ टुर्नामेन्ट’आयोजना हुदैै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

आगमी म‌सिर १५ र १६ गते ‘सलिकाे गल्फ टुर्नामेन्ट’आयोजना हुदैै



काठमाडौं । सगरमाथा लुम्बिनी ईन्स्योरेन्सले ‘सलिकाे गल्फ टुर्नामेन्ट २०२३’ आयोजना गर्ने भएकाे छ । आगमी म‌सिर १५ र १६ गते रोयल नेपाल गल्फ क्लब एयरपोर्ट, काठमाण्डौंमा आयोजना हुन लागेको हाे ।

उक्त प्रतियोगितामा १६ विधाका खेलहरु आयोजना गरिने छ ।जसमा विभिन्न महिला पुरुष तथा बिभिन्न उमेर समुहका खेलहरु आयोजना गराईने कम्पनीले जनाएकाे छ । यस खेलकुद प्रतियोगिता आयोजना गरिनुको मुख्य उद्देश्य गल्फ खेलमा रुची राख्ने खेलाडीहरुको खेलको प्रस्तुतीलाई प्रस्फुटन गराउने तथा यस खेल प्रति रुची राख्ने जो कोही लागि खेलको आनन्दानुभूती गराउन समेत प्रतियोगिताको आयोजना गरिएको हाे ।

विश्वमा अधिक रुचाईएको खेल मध्ये गल्फ पनि एक रहेको भएता पनि नेपालको सन्दर्भमा यस खेलको विकास तथा विस्तार अपेक्षित रुपमा हुन नसकेको परिप्रेक्षमा यस प्रतियोगिताले खेलको विस्तारमा थप सहयोग पुर्याउने अपेक्षा सस्थाकाे रहेकाे जनाएकाे छ।

प्रकाशित : ११ मंसिर २०८०, सोमबार १७:११