रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा पुनः सञ्चालनमा, तीन-तीन मिनेटमा बस छुट्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा पुनः सञ्चालनमा, तीन-तीन मिनेटमा बस छुट्ने



काठमाडौं । रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजदेखि पुनः सञ्चालनमा आएको छ । आजदेखि थप ११ वटा बस थपेर सेवा सञ्चालनमा ल्याइएको हो ।

यसअघि २५ वटा बसबाट सञ्चालन गरिएको यो सेवामा अहिले थप ११ वटा बस थपिएको छ। कुल ३६ वटा बस सञ्चालनमा आएसँगै अब प्रत्येक तीन-तीन मिनेटमा सूर्यविनायकबाट द्रूत सेवाका बसहरू छुट्ने छ। जबकि यसअघि पाँच-पाँच मिनेटको अन्तरमा बसहरू छुट्ने गर्थ्यो।

आज बिहान साढे ८ बजेदेखि सूर्यविनायकबाट बस चल्नेछ । द्रुत बस सेवाका लागि सडकमा रङरोगन समेत गरिएको छ । ठाउँठाउँमा बोर्ड राखिएका छन् ।

यसअघि गत असोज ३ गतेदेखि पहिलो पटक द्रुत बस सेवा सञ्चालनमा आएको थियो । तर यो सेवा दसैलगत्तै स्थगित भएको थियो । अरु सार्वजनिक बसलाई रत्नपार्क–सूर्यविनायक पुग्न डेढ घण्टा समय लाग्ने गरेकोमा द्रुत बस सेवा ४५ मिनेटमै रत्नपार्कबाट सूर्यविनायक पुग्ने बताइएको छ ।

माइतीघर, कोटेश्वर, जडीबुटी जस्ता ट्राफिक जाम बढी हुने चोकहरुमा पनि द्रुत सेवाका बसहरु रोकिनु नपर्ने गरी ट्राफिक प्रहरीले सहयोग गर्नेछन् ।

प्रकाशित : १० मंसिर २०८०, आईतवार ११:३३