नेपाल इन्स्याेरेन्सले घोषणा गर्‍यो १०.५२ प्रतिशत लाभांश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

नेपाल इन्स्याेरेन्सले घोषणा गर्‍यो १०.५२ प्रतिशत लाभांश



काठमाडौं । नेपाल इन्स्याेरेन्सले लाभांश दिने घोषणा गरेको छ । कम्पनीको शनिबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई १०.५२ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

जसमा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । अब नियामक बिमा समिति र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्ताले पाउने छन् । गत वर्ष यस कम्पनीले ८ प्रतिशत बोनस र ०.४२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रकाशित : १० मंसिर २०८०, आईतवार ११:१४