चौथो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्डबाट आइएमई लाइफ इन्स्योरेन्स सम्मानित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

चौथो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्डबाट आइएमई लाइफ इन्स्योरेन्स सम्मानित



काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, इन्डियन चेम्बर अफ कमर्स द्वारा मुम्बईमा आयोजित प्रतिष्ठित चौथो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२३ मा ‘बेस्ट लाइफ इन्स्योरेन्स अवार्ड–नेपाल’ को रनर अपको रुपमा मिति २०८० साल मङ्सिर ०७ गते सम्मानित भएको छ।

विश्व विख्यात चार्टर्ड एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पीडब्लूसी, इन्डियन इन्स्टिच्युट, इन्स्योरेन्स लगायत थुप्रै संस्थाहरुद्वारा स्वतन्त्र रुपमा मूल्यांकन गरि विभिन्न वित्तीय सुचाड्ढहरुमा उत्कृष्ट कार्यसम्पादनको आधारमा उक्त अवार्ड प्रदान गरिएको होे।

भारतको मुम्बईमा आयोजित भव्य समारोहका बीच आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले उक्त अवार्ड ग्रहण गरेका हुन्। उक्त इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड समारोहमा अन्य थुप्रै बीमा कम्पनीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित : ८ मंसिर २०८०, शुक्रबार १५:४१