श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीले दुई आर्थिक वर्षको लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीले दुई आर्थिक वर्षको लाभांश दिने



काठमाडौं । पुल्चोक स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले दुई आर्थिक वर्षको गरी १३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

सञ्चालक समितिका सचिव सुरेन्द्र भण्डारीका अनुसार संस्थाको आब ०७९/०८० सम्म करिब ९ अर्बको कुल करोबार रहेको तथा ०७८/०७९ को खुद नाफा रकमबाट ८ प्रतिशत र आब ०७९/०८० को खुद नाफा रकमबाट ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गर्ने निर्णय भएको छ ।

यसैबीच संस्थाको २३औं र २४औं वार्षिक साधारण सभा पुस मशाान्तभित्र सम्पन्न गर्ने जनाइएको छ ।

हालको विद्ययमान अवस्थामा वित्तिय क्षेत्रमा परेको प्रभावको बाबजुद संस्थाका शेयर सदस्यहरुले संस्था प्रति देखाएको विश्वासलाई संस्थाले आफ्नो अमुल्य सम्पत्तिको रुपमा लिएको स्पष्ट पार्दै सचिव भण्डारीले भविष्यमा आवश्यक सहयोग, सल्लाह र सुझावको अपेक्षा राखेको व्यहोरा समेत जानकारी गराए ।

संस्थाले यही वर्षको जेठ ८ गते सहकारी विभागमा संस्थाको बचत संकलन, दायित्व, लगानी र सम्पत्ति लगायत संस्थाको वित्तिय विवरण समेत बुझाई सकेको छ ।

संस्थाले नेपालको समग्र सहकारी बजारमा कुल कारोबार, चुक्ता पूँजी, निक्षेप संकलन, कर्जा लगानी, मुनाफा आर्जन, नेपाल सरकारलाई राजश्वमा गरेको योगदान, रोजगारी लगायत अन्य विविध क्षेत्रमा गरेको उल्लेखनीय कार्यहरूमा अग्रणी स्थान लिन सफल भएको विज्ञप्ति मार्फत उल्लेख गरेको छ ।

संस्थाले आफ्नो लगानीमा चितवनको खैरहनीमा देशकै सर्वाधिक ठूलो गाई फार्म श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर, ललितपुरको गोदावरीमा श्री लालीगुराँस दुग्ध प्रशोधन उद्योग संचालन गरेको छ ।

प्रकाशित : ८ मंसिर २०८०, शुक्रबार १२:४८